Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दोलखापछि मकवानपुर नेविसंघले भन्यो - अध्यक्ष दुजाङलाई बर्खास्त गर्नैपर्छ

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग भएको छ ।

मकवानपुर सभापति बुद्ध लामाले आज सभापति देउवालाई पत्र पठाउँदै नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन्।

लामाले सभापति देउवालाई पठाएको पत्रमा भनिएको छ,‘नेपाली कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटा नै आधिकारिक अध्यक्ष रहेको स्मरण गराउँदै नेविसंघ मकवानपुरलाई कमजोर बनाउने भूमिकामा लागेका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न अनुरोध छ।’

दुजाङले जिल्लामा विवाद सिर्जना गर्ने र नेविसंघलाई कमजोर बनाउने काम गरेको भन्दै मकवानपुर सभापति लामाले बर्खास्त गर्न माग गरेका छन् ।

नेविसंघ मकवानपुरले सभापति अध्यक्ष सुवास सापकोटाको नेतृत्वमा स्ववियु निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको पत्रमा उल्लेख छ।

[insert page='203322' display='yopanipadhnuhos.php']

यसअघि व्यक्तिगत स्वार्थका आधारमा जिल्ला अध्यक्ष तोक्ने काम गरेको भन्दै दोलखा जिल्ला कार्यसमितिले बर्खास्त गर्न माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077