Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कप्तान रोहित भन्छन् - सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा छौँ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखलाका सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा रहेको बताएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने श्रृंखलामा नेपालले सबै खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोटको मौका पाउने भएकाले नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने बताएका हुन् ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले बिहीवारबाट लिगको अन्तिम श्रृंखला खेल्दैछ। श्रृंखलामा भ्रमणकारी टोलीद्वय संयुक्त अरब इमिरेट्स (युएई), पपुवान्युगिनी (पिएनजी) र नेपालले सहभागिता जनाउँदै छन् ।

पछिल्लो पटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र थप बलिङ र ब्याटिङ पक्ष सबै थाहा हुने भएकाले खेल्न सहज हुने बताए । उनले घरेलु मैदान भएकाले पनि नेपाली टोलीका लागि थप सहज हुने कप्तान पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077