काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपालले आज बिहीबार पपुवा न्युगिनीसँग खेल्दैछ ।
त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवान्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेललाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपालले अब दुई खेल जिते ३६ अङ्क हुनेछ । दुई जित भए शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।