Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस हारेको छ ।

नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा बिहान पीएनजीले नेपालविरुद्ध टस जितेर पहिले बलिङ रोजेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ः३० बजे सुरु हुने खेलका लागि भएको टस जितेपछि पीएनजीका कप्तान आसाद भालाले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

शृंखलामा चार खेल्न बाँकी नेपालले शीर्ष तीनमा पर्न सबै खेल जित्नु पर्ने दबाब छ । लिग–२ को अन्तिम शृंखलामा यो अन्तिम त्रिदेशीय शृंखला हो ।

पीएनजी र नेपालसँगै यूएई पनि सहभागी शृंखला आजदेखि सुरु हुँदैछ ।

नेपाली टोली :

रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भिम सार्की, ललित राजबंशी

बेञ्चमा : सन्दिप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077