Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ।

रास्वपा कार्यालय बसेको पार्टी पदाधिकारी र संसदीय दलको बैठकले पौडेललाई मत दिने निर्णय गरेको हो ।

मतदान जारी रहेका बेला बसेको बैठकले पौडेललाई मत दिने निर्णय गरेको रास्वपाले जनाएको छ । पार्टीले आधिकारिक रूपमा भने कसलाई मत दिने कुरा सार्वजनिक गरेको छैन।

रास्वपा उपसभापति डिपी अर्यालले पार्टीका सबै सांसदले एकै उम्मेदवारलाई मत दिने निर्णय गरेको तर आचार संहिताका कारण सार्वजनिक रूपमा भन्न नमिल्ने बताए। रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077