Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै झापामा राँके जुलुस

झापा । ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै झापामा राँके जुलुस प्रदर्शन गरिएको छ ।

पुनः नामाङ्कन गर्न गठित संयुक्त संघर्ष समिति तथा पहिचानवादी कार्यकर्ताले झापाको बिर्तामोडमा राँके जुलुस प्रदर्शन गरेका हुन् ।

झापासहित पूर्वका विभिन्न जिल्लामा संघर्षका कार्यक्रमअन्तर्गत राँके जुलुस प्रदर्शन गरिएको बताइएको छ ।

प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुनुपर्ने माग गर्दे आन्दोलनमा होमिएका संगठनहरुले आन्दोलन चर्काउने चेतावनी दिएका थिए । सोही अनुसार आज राँके जुलुस प्रदर्शन गरिएको बताइएको छ ।

गत फागुन १७ गते प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरण गरिएसँगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संघठनहरु विरोधमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077