काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध सातौंं सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १८ औं ओभरमा आफ्नो सातौं विकेट गुमाएको हो ।
नेपालका सन्दीप लामिछानेले १८ औं ओभरको तेस्रो बलमा जावार फारिदलाई बोल्ड आउट गराए । फारिदले २ रन बनाए । यसअघि नेपालका लागि ललित राजवंसीले छैटौं विकेट लिएका थिए ।
यूएईका महत्वपूर्ण ब्याटरहरूले आज दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका आर्यान लाक्रा र विर्त्या अरविन्द रन नै नबनाई आउट भए।