Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईमाथि नेपालको शानदार जित, जोगियो एकदिवसीय मान्यता

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ ।

यूएईविरुद्ध शानदार जीत दर्ता गर्दै नेपालले आगामी कम्तिमा ४ वर्षका लागि एकदिवसीय मान्यता कायम राख्ने सुनिश्चित गरेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग-२का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।

यूएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ ।

नेपालले सात राष्ट्र सहभागी लिग-२ मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।

युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराएको नेपालले ऐतिहासिक जित निकालेको हो। नेपालले अबका बाँकी दुई खेल गुमाएपनि ओडिआई मान्यता कायम रहनेछ।

ओडीआई मान्यता जोगाएपछि नेपालको अबको लक्ष्य शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट खेल्ने रहेको छ। शीर्ष ३ मा रहन नसके प्ले अफबाट विश्वकप छनोटमा स्थान बनाउने बाटो नेपालसामु छ।

नेपालसँगको हारले भने युएइले सोझै ओडिआइ मान्यता जोगाउने अवसर गुमाएको छ। अर्को प्ले अफमा शीर्ष ४ मा पर्न नसके यूएईको ओडिआई मान्यता गुम्नेछ।

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भयो। घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारे।

सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077