Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

वर्तमान सरकार बाह्य शक्तिबाट परिचालित भएको दामोदर भण्डारीको आरोप

कैलाली । नेपाल कम्युनिस्ट पार्टी एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अहिलेको वर्तमान सरकार बाह्य शक्तिबाट परिचालित भएको आरोप लगाएका छन् ।

एमालेको ग्रास रुट अभियानको क्रममा कैलालीस्थित गोदावरीको एक कार्यक्रममा बोल्दै भण्डारीले यस्तो आरोप लगाएका हुन् ।

अहिलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अन्तैबाट चलिरहेको र सरकारलाई समर्थन गर्ने दश दलीय गठबन्धन परिचालित रहेको भण्डारीले दाबी गरे ।

उनले भने, ‘अन्तकै आदेश र इसाराबाट अहिलेको सरकार चलिरहेको छ। अहिले अन्तैबाट कोही आउने एकै पटक सबैलाई भेटेर निर्देशन जारी गर्ने र त्योलाई अक्षरशः पालना गर्ने प्रवृत्ति देखिएको छ। उताबाट आदेश आउँछ, यता दश दलीय गठबन्धन आदेश पालना गर्छ। आज नेपालको राज्य सत्ता बाहिरबाट चलिरहेको छ। यस्ता कारणले यो सरकारप्रति सबै क्षेत्रमा निराशा पैदा भएको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077