Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक लाख चार हजार नगदसहित चार जुवाडे पक्राउ

कैलाली । कैलालीमा एक लाखभन्दा बढी नगदसहित चारजना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका ११ बस्ने ३६ वर्षीय शेरबहादुर थापा, धनगढी १ बस्ने ४० वर्षीय धन बहादुर खड्का, दोगडाकेदार गाउँपालिका ५ का (होटल सञ्चालक) ३० वर्षीय विरेन्द्र चन्द र सोही ठाउँका २९ वर्षीय खडग बहादुर महरा रहेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित विरेन्द्र चन्दले सञ्चालन गरेको चन्द फास्टफुड होटलको पछाडी कोठाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र एक गड्डी ताससहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077