काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलाअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिस्पर्धामा नेपालले पीएनजीको दोस्रो विकेट झारेको हो ।
पहिलो विकेटका लागि नेपालका ललित राजवंशीले पीएनजीका किपलिन डोरिगालाई बोल्ड आउट गरे ।
डोरिगा २ रनमा पवेलियन फर्के । दोस्रो विकेट सोमपाल कामीले दिलाएका हुन् ।
उनले हिरिहिरीलाई करन केसीमार्फत क्याच आउट गरे । अहिले क्रिजमा सेसे बाउ दुई र आसाद भाला शुन्य रनमा नटआउट छन् ।