Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सातौं विकेट गुमाएसँगै संकटमा पीएनजी

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले सातौं विकेट लिएको छ । कुशल मल्लले नेपाललाई सातौं विकेट दिलाएका हुन् ।

उनले नोर्मान भानुआलाई आउट गरे । कुशलले भानुआलाई दिपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए । यस्तै सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिए ।

सन्दीपले चार्ल्स अमिनीलाई ललित राजवंशीबाट क्याचआउट गराए। नेपालले १ बलको अन्तरमा लगातार २ विकेट लियो। २३औं ओभरको पहिलो बलमा लामिछानेले राजवंशीको हातबाट अमिनीलाई क्याचआउट गराए भने २२औं ओभरको पाँचौ बलमा राजवंशीले रिले हेकुरेलाई आउट गराएका थिए।

सन्दीपले यसअघि व्यक्तिगत दोस्रो विकेटको रुपमा १९औं ओभरको पहिलो बलमा असद भालालाई ललित राजवंशीबाट क्याचआउट गराएका थिए। पहिलो विकेटको रुपमा सन्दीपले १४औं ओभरमा सेसे बाउलाई बोल्ड आउट गरेका थिए। बाउ २८ बल १८ रनसहित खेलिरहेका थिए ।

त्यसअघि हिरी हिरीलाई सोमपाल कामीले करण केसीबाट क्याचआउट गराएका थिए। हिरी २२ रनमा १४ बल बनाएर बाहिरिए ।

पहिलो सफलता नेपाललाई ललित राजवंशीले दिलाएका थिए । उनले चौथो ओभरको चौथो बलमा पीएनजीका किपलिन डोरिगालाई बोल्ड आउट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077