Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पीएनजी ९५ रनमा अलआउट, सन्दीपले लिए पाँच विकेट

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम त्रिदेशीय एकदिवसीय शृंखलामा पीएनजीलाई ९५ रनमा अलआउट गरेको छ ।

नेपालका लागि सशक्त बलिङ गरेका सन्दीप लामिछानेले १० ओभरमा २५ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिए ।

टस जितेर फिल्डिङ थालेको नेपालले ३२औं ओभरमा पीएनजीको पूरै टिमलाई पभिलियन फर्काएपछि ९६ रनको झिनो लक्ष्य पाएको छ।

नेपालका लागि ललित राजवंशीले सात ओभरमा १३ रन खर्चेर एक मेडनसहित दुई विकेट लिए। यस्तै, कुशल मल्लले तीन ओभरमा ६ रन खर्चेर एक मेडनसहित दुई विकेट लिए। पाँच ओभरमा २२ रन खर्चिएका सोमपाल कामीले दुई मेडनसहित एक विकेट लिए।

पीएनजीका ओपनर किप्लिन डोरिगा दुई, हिरी हिरी १४ र सेसे बाउ १८ रन जोडेर पभिलियन फर्किए। यस्तै कप्तान आसाद भाला २०, चार्ल्स अमिनी १६ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077