Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'ब्रिटिस नागरिक हुँ' भन्दै अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ

काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी महानगरपालिका -१ ठेगाना भएकी ३६ वर्षीय अन्जली बिसुन्केलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकबाट १५ लाख ठगी गर्ने बिसुन्केलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अन्जलीले सामाजिक संजाल टिकटकमा ब्रिटिस नागरिक 'फ्रान्कलिन पल' भएको दाबी गर्दै नेपाली महिलालाई ठगेकी हुन् ।

पीडितको ह्वाट्सएपमा कुराकानी गर्दै अन्जलीले पीडितलाई उपहार पठाइदिन्छु भनेर लोभ देखाएकी थिइन् ।

उनले जुत्ता, ब्याग, आईफोन, सुनका गरगहना र ७० हजार डलर पठाइदिने र त्यसका लागि डेलिभरी, भन्सार,बिमालगायतका विभिन्न शुल्क लाग्ने भन्दै पटक-पटक गरी १५ लाख २० हजार रुपैयाँ पठाउन लगाएकी थिइन् ।

उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं जिल्ला परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077