Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सचिव र सहसचिवलाई किताबखानाको निर्देशन - ७ दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्नू

काठमाडौं । राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

सरकारले कर्मचारीहरुको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने तयारी गरेपछि उच्च पदस्थ कर्मचारीहरुलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिइएको हो ।

निजामती सेवा नियमावली, २०५० को नियम १० तथा नियम १० क. ले सबै सेवा, समूह, श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवं अद्यावधिक गर्नुपर्ने कानूनी व्यवस्था गरेको किताबखानाले स्पष्ट पारेको छ।

उक्त कानूनी प्रावधान बमोजिम किताबखाना (निजामती) ले कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गर्दै आइरहेको जनाएको छ ।

सरकारले कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने तयारी गरेपछि किताबखानाले यस्तो सूचना जारी गरेको राष्ट्रिय किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077