Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

किर्ते गरी जग्गा पास गरेको आरोपमा जसपा बारा जिल्ला पूर्वअध्यक्ष पटेल पक्राउ

काठमाडौं । प्रहरीले जनता समाजवादी पार्टी बाराका पूर्वअध्यक्ष अजय पटेल पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार पटेललाई सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।

बारा जिल्ला परवानिपुर नगरपालिका ५ निवासी ४५ वर्षिय पटेललाई जग्गा किर्तेसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पटेलले ६० करोड भन्दाबढी रकमको जग्गामा किर्ते कागज बनाइ मालपोतको कर्मचारीको मिलेमतोमा आफूलाई हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा किर्ते मुद्दामा पक्राउ गरेको हो ।

परवानीपुर गाउँपालिका ५ बहुअरी गाउँका पटेल २०७० को संविधानसभाको निर्वाचनमा उम्मेदवार थिए ।

लिखत सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ दिनको म्याद अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077