Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चितवन–२ को उपनिर्वाचनमा उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

काठमाडाैं । नेपाली कांग्रेसले चितवन–२ मा हुन गइरहेकाे उपनिर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्न सबन्धित कमिटीलाई निर्देशन दिएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो निर्णय गर्दै चितवन जिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको प्रवत्ता प्रकाशशरण महतले बताए।

आगामी वैशाख १० गते हुने उक्त उपनिर्वाचनका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिम प्रक्रिया पुर्‍याई ​उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्र्टीका सभापति रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतको फैसाला पछि खारेज भएको चितवन–२ को उपनिर्वाचन आगमी बैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077