Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईविरुद्ध नेपालको अभुतपूर्व प्रदर्शन, विश्वकप क्वालिफायरका लागि छनोट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ ।

यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । नेपालले ९ रनको जित हासिल गरेको हो ।

बिहीबार त्रिवि क्रिकेट मैदनमा भएको खेलमा डकवर्थ लुईस नियम (डीएल मेथोड)का आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो।

४४ ओभर खेलिसक्दा नेपालले २६९ रन बनाएको अवस्थामा नतिजाको छिनोफानो डीएल मेथोडबाट गरिएको हो।

नेपाललाई मौसमले साथ दिदा जित हासिल गरेको हो । खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए ।

यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077