Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लिस्वनसँग पराजित हुँदै आर्सनल युरोपा लिगबाट बाहिरियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल युरोपा लिगबाट बाहिरिएको छ ।

पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग टाइब्रेकरमा पराजित हुँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

इमिरेट्स स्टेडियम लन्डनमा गएराती भएको दोस्रो लेगमा १–१ गोलको बराबरी तथा समग्रमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा स्पोर्टिङका जेरी सेन्ट जस्ट, रिकार्डो स्काइओ, गोन्कालो इनासियो, आर्थर र नुनो सान्तोषले गोल गरे । आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लियान्द्रो ट्रोससार्डले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077