Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्रिकेट खेलाडीलाई जनही १ लाख दिने बागमती सरकारको घोषणा

काठमाडौं । बागमती प्रदेश सरकारले आईसीसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही १ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती सरकारका तर्फबाट उक्त रकम दिने घोषणा शुक्रबार गरेका हुन्।

बिहीबार नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई डिएल मेथडबाट पराजित गर्दै विश्वकप छनोटमा पुगेको थियो।

विश्वकप लिग–२ का सहभागी ७ टोलीमध्ये शीर्ष ३ टोली ‍विश्वकप छनोटमा पुग्ने प्रावधान थियो।

आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुने विश्वकपको विश्वस्तरको छनोटमा १० टोली सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077