Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति चुनावमा ममता झालाई मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने भएको छ ।

आज पार्टी कार्यालयमा नेताहरुबीच भएको सरसल्लाहमा उक्त समझदारी भएको हो ।

उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।

निर्वाचन आयोगको आचारसंहिताका कारण रास्वपाले यस विषयमा औपचारिक निर्णय भने लिएको छैन ।

ममता झालाई मत दिन संसदीय दलका नेता डोलप्रसाद अर्यालले सांसदलाई सर्कुलर गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनमा रास्वपाले नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई मत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077