Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 558
    SHARES

    काठमाडौं । चलचित्र कलाकारहरूको छाता संस्था ‘नेपाल चलचित्र कलाकार संघ’को अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।

    शनिवार राजधानीमा सम्पन्न संघको १९ औं साधारणसभापश्चात भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।



    कूल खसेको ४६८ मतमध्ये निरौलाले २३५ मत प्राप्त गरेका थिए त्यसैगरी उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भयो ।



    शनिबार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । त्यसैगरी उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन् ।

    महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । झन्डै ७ सय सदस्य रहेको संघको निर्वाचनमा ४ सय ६८ जनाले मात्रै मतदान गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार