Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रेम सुवालले भने - संवैधानिक परिषद् भागबण्डा गर्ने थलो बन्यो

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालले संवैधानिक परिषद् भागबण्डा गर्ने थलो बनेको बताएका छन् ।

‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि छलफलमा भाग लिँदै सांसद् सुवालले यस्तो बताएका हुन् ।

सुवालले संवैधानिक अंग र न्यायालय तटस्थ हुन नसकेको जिकिर गरे।

सुवालले भने,‘परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ । संवैधानिक अंग र न्यायालय त तटस्थ हुनुपर्ने होइन र ।’

संवैधानिक आयोगका प्रमुख र सदस्यहरू निर्वाचनबाट आउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077