Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिकेटर शेख दाजुभाइलाई वीरगञ्ज महानगरको भव्य स्वागत

वीरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख र आसिफ शेखलाई आज गृहनगरमा वीरगञ्ज महानगरले भव्य स्वागत गरेको छ ।

हालै सम्पन्न आइसिसी विश्वकप लिग–२ मा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गरी आज गृहनगर फर्किएका शेख दाजुभाइलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका हुन् ।

महानगरपालिकाकै परिसरमा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुर्‍याउन शेख दाजुभाइले विशेष भूमिका निर्वाह गरेकाले उनीहरूलाई यही चैत १७ गते वीरगञ्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरे ।

सोही समारोहमा दुवै दाजुभाइ महानगरले एकरएक थान यामहा एफ जेड एफ आई मोटरसाइकल पनि प्रदान गर्ने नगरप्रमुख सिंहले बताए ।

दुवै खेलाडीले नेपालको नाम अझ उचाइमा पुर्‍याएर वीरगञ्ज महानगरको नाम पनि उँचो बनाएको बताउँदै नगरप्रमुख सिंहले दुवै खेलाडी राष्ट्रकै गहना भएकाले थप हौसला बढाउन महानगरले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077