Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एल क्लासिको भिडन्तमा बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राति भएको एल क्लासिको खेलमा शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडलाई २-१ ले पराजित गरेको छ ।

फ्रांक केस्सीले इन्जुरी टाइममा गोल गरेपछि घरेलु मैदानमा बार्सिलोनाले एक गोलले पछि परेको स्थित उल्ट्याएर पुनरागमन जित निकालेको हो । खेलको नवौं मिनेटमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराजोले आत्मघाती गोल गरेपछि रियलले १-० को अग्रता बनाएको थियो ।

४५औं मिनेटमा बार्सिलोनाका सर्जी रोबर्टोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि बराबरीतर्फ अग्रसर खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

अल क्लासिकोमा प्राप्त यस जितसँगै लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ। लिगमा १२ चरणको खेल बाँकी छँदै बासिलोना लिग उपाधितर्फ उन्मुख देखिएको छ।

बार्सिलोनाले २६ खेलबाट ६८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले २६ खेलबाट नै ५६ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077