Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन-२ को उपनिर्वाचनका लागि कांग्रेसवाट ११ जना सिफारिस

चितवन । चितवन-२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ ।

गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो ।

आईतबार सम्पन्न बैठकले चितवन–२ का लागि सिफारिस भएका उमेदवारहरुमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतको फैसालापछि खारेज भएको चितवन–२ को उपनिर्वाचन बैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077