Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री थ्री नेसन्स कपको विजेताले ५ हजार डलर पाउने

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको प्रधानमन्त्री थ्री नेसन्स कप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुँदैछ ।

खेलका लागि दुवै टिम आज नेपाल आईसकेको छ।

तीन राष्ट्रहरूले सिंगल राउन्ड रोविन आधारमा खेल खेली उत्कृष्ट दुई राष्ट्रबीच फाइनल खेल खेलाइने एन्फाले जनाएको छ ।

थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको विजेताले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने भएका छन् ।

त्यस्तै, दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्ने जनाईएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

प्रतियोगिताको पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077