Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • श्रीलङ्कालाई आईएमफले दियो ३ बिलियन डलर

    श्रीलङ्कालाई आईएमफले दियो ३ बिलियन डलर

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 387
    SHARES

    एजेन्सी । आर्थिक सङ्कटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलङ्कालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले ३ बिलियन अमेरिकी डलर दिएको छ ।

    मुद्रा कोषले ३ बिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको आईएमएफले घोषणा गरिएको हो ।



    बेलायती साम्राज्यबाट स्वतन्त्र भएयता श्रीलङ्का अहिलेसम्मकै खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको थियो ।



    केन्द्रीय बैङ्कको भण्डारमा विदेशी मुद्राको सञ्चिती रित्तिएपछि श्रीलङ्काले अत्यावश्यक वस्तुहरू समेत किन्न सकेको थिएन ।

    पेट्रोलियम पदार्थ, औषधी र खाद्यान्न समेत आयात गर्न सकिरहेको थिएन ।

    विश्वव्यापी फैलिएको महामारी, ५० प्रतिशतसम्मले बढेको ऊर्जाको मूल्य र वितरणमुखी आर्थिक नीतिका कारण श्रीलङ्का नराम्ररी आर्थिक सङ्कटको भुमरीमा फसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार