Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश सांसद ईन्द्र आङ्बो चढेको गाडीमा ढुंगा प्रहार

काठमाडौं । कोशी प्रदेश माओवादी संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री ईन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ ।

पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ जाँदै गरेका सांसद आङ्वोमाथी ‘प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति’का कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन् ।

ढुंगाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ ।

सांसद आङ्बोले प्रदेश नामाकरणको पक्षमा भोट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077