Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘धोकेबाज’ गीत विवादमा आएपछि गायक शिव परियारले दिए स्पष्टीकरण

    ‘धोकेबाज’ गीत विवादमा आएपछि गायक शिव परियारले दिए स्पष्टीकरण

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 666
    SHARES

    काठमाडौं । गायक शिव परियारले पछिल्लो समय भाइरल भएको गीत ‘धोकेबाज हौ तिमी’ कन्ट्रोभर्सिमा आएपछि स्पष्टीकरण दिएका छन्।

    उनले मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस गीतका मेल, फिमेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका हुन् ।



    उनले ‘धोकेबाज हौ तिमी’ गीतका ‘आधिकारिक स्रष्टा/सङ्गीतकार सुवास कार्की ‘कार्कीजी’ नै रहेको स्पष्ट पारेका छन् ।



    उनले लेखेका छन्, ‘चोरी, चाकरी वा कभर गरेर हामी कसैले पनि गीत गाएका होइनौं । यस गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक-गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक-गायिका हुन् । यस विषयमा विवाद गर्नुपर्ने कुनै आधार र आवश्यकता मैले देखेको छैन ।’

    गीतको मेल भर्जन परियारले नै गाएका हुन । परियारले आफ्नो स्वरमा रहेको मेल भर्सन आफ्नै भएको भन्दै अन्तरर्वार्ता दिएपछि कन्ट्रोभर्सिमा तानिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार