Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - संक्रमणकालीन न्यायासम्बन्धी विषय छिटो टुंग्याउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई टुंग्याउनैपर्ने बताएका छन्।

गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रेस युनियनले आयोजना गरेको नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘शान्ति प्रक्रियाको नेतृत्व गरेको दलको हिसाबले यसलाई टुंगोमा पुर्‍याउने मुख्य जिम्मेवारी पनि नेपाली कांग्रेसको हो ।’

उनले त्यसका लागि सबै राजनीतिक दलहरूलाई आह्वानसमेत गरे । महामन्त्री थापाले कोइराला शान्तिपूर्ण राजनीतिको नायक भएको र कोइरालाले थालेको कामलाई पूर्णता दिनु कांग्रेसको दायित्व हुने बताए ।

महामन्त्री थापाले संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुर्‍याउँदा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनहरूलाई समेत ध्यानमा राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077