Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्व पानी दिवस आज, विभिन्न चेतनामूलक कार्यक्रम मनाइँदै

    विश्व पानी दिवस आज, विभिन्न चेतनामूलक कार्यक्रम मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 447
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ ।

    यो वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी पानी दिवस मनाइन लागेको हो ।



    संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो ।



    सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात् गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।

    पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार