Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दीपशिखा भन्छन् - गणतन्त्रमा सबै निर्धक्क बोल्न पाउँछन्, तिम्रा राजाले गोली ठोक्थे

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा 'दिपशिखा'ले आफूले लडि ल्याएको गणतन्त्रमा सबैले निर्धक्क बोल्न पाएकने टिप्पणी गरेका छन् ।

मंगलबार राजधानीमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने एक युवालाई बोल्न नदिनका लागि प्रहरीले मुख थुनेको भन्दै विरोध भइरहेका बेला दिपशिखाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् 'सदनमा प्रधानमन्त्रीका अघि तिमी अन्टसन्ट चिच्याईरहेका छौ नि यो तिमीले भगवान मानेका राजाले दिएको अधिकार होइन, छातिमा गोलि थापेर लडि ल्याएको अधिकार हो । जो तिमीले पनि उपभोग गरिरहेका छौं । तिम्रा राजाले त बोलेवापत गोलि ठोक्थे । हामीले लडि ल्याएको गणतन्त्रमा सबै निर्धक्क बोल्न पाउँछन्, राजनीतिमा प्रतिष्पर्धा गर्न पाउँछन् ! यसका लागी रत्तिभर योगदान नभएका तिमीहरुले इमान छ भने लाज मानि–मानि बोल्नुपर्छ ।'

यस्तै उनले बोल्ने अधिकार प्राप्तीका लागी छातिमा गोली खाएका हजारौं योद्दाको सम्मान गर्दा मात्रै तिम्रा सन्तानहरुले तिमीप्रति गर्व गर्ने बताए ।

'कुन मानवाधिकारको कुरा गरेको रु नमिता, सुमिता कि विरेन्द्रको बंशनाशको रु कि मैना सुनुवारको रु हुति छ नमिता, सुमिताको मानवाधिकारबारे बोल्ने यसर्थ प्रत्येक विहान उठेर गणतन्त्रका लागी लड्नेहरुलाई सम्झ मनदेखि किनभने यो बोल्ने अधिकार प्राप्तीका लागी छातिमा गोली खाएका हजारौं योद्दाको सम्मान गर्दा मात्रै तिम्रा सन्तानहरुले तिमीप्रति गर्व गर्छन्,' उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077