Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वान् एक्स बेटमा ४१ करोडभन्दा बढीको कारोबार, मास्टर म्यानेजर पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ कारोबारमा संलग्न गिरोहका ६ जनालाई पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयले अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजरलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिलीप सिंह कठायत‚ भुपालराज न्यौपाने‚ नयनराज भण्डारी‚ वरुणकुमार सिंह‚ वासुदेव पाण्डे र शिवानी तामाङ रहेका छन् ।नेपालमा प्रतिबन्ध रहेको बेटिङमा लगानी गरिएको ६४ करोड रकम यो समूहले साइप्रस पुर्‍याएको समेत खुलासा भएको छ ।

वान एक्स बेटमा, खेलाडी, वालेटमा पैसा लोड गरिदिने व्यक्ति म्यानेजर र म्यानेजरहरूबाट रकम लिने मास्टर म्यानेजर लगायतका व्यक्तिहरू संलग्न हुन्छन् । पक्राउ परेका ६ जना व्यक्तिहरू नेपालका मास्टर म्यानेजरहरू हुन् ।

अनुसन्धानका क्रममा विभिन्न १५ जना व्यक्तिको ३४ वटा बैंक खातामार्फत जम्मा १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको रकममा बेटिङ कारोबार गरेको देखिएकोमा सो बैंक खाताहरूसमेत रोक्का राखी थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

प्राप्त भएका विवरणअनुसार पक्राउ परेका व्यक्तिहरूबाट हालसम्म कूल ९ करोड ८ लाख १३ हजार १०८ बराबरको रकम बेटिङमार्फत कारोबार भएको देखिएको उनले बताए । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए । पक्राउ परेकाहरूको साथबाट एकैजनाले २ सयवटा सम्म सिमकार्ड बोकेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077