Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीमा ३० वर्षे सेवाअवधि हट्ने सम्भावना न्यून

काठमाडौं । फागुन २६ गते गृह मन्त्रालयको सिफारिसमा बढुवा भएका र बुधबार दर्ज्यानी चिन्ह लगाएका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सँग प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘तपाईहरूमध्येबाटै एकजना आगामी प्रहरी महानिरीक्षक (आइजिपी) बन्नुहुनेछ ।’

गृहमन्त्रीको जिम्मेवारीमा समेत रहेका दाहाललाई भेट्न बुधबार आइजिपी धीरजप्रताप सिंहसहित पाँच नयाँ एआइजी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।

गृहको बढुवा समितिले गरेका सिफारिसका आधारमा सोमबार (चैत ६ गते) बसेको मन्त्रिपरिषद् बैठकले एआइजीमा रिक्त पाँच दरबन्दीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गरेको थियो ।

नयाँ एआइजीलाई आइजिपी सिंहले बुधबार दर्ज्यानी चिन्ह लगाइदिएका थिए । त्यसलगत्तै पाँचैजनालाई लिएर आइजिपी सिंह सिंहदरबार गएका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077