Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • प्रहरीमा ३० वर्षे सेवाअवधि हट्ने सम्भावना न्यून

    प्रहरीमा ३० वर्षे सेवाअवधि हट्ने सम्भावना न्यून

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 501
    SHARES

    काठमाडौं । फागुन २६ गते गृह मन्त्रालयको सिफारिसमा बढुवा भएका र बुधबार दर्ज्यानी चिन्ह लगाएका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सँग प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘तपाईहरूमध्येबाटै एकजना आगामी प्रहरी महानिरीक्षक (आइजिपी) बन्नुहुनेछ ।’

    गृहमन्त्रीको जिम्मेवारीमा समेत रहेका दाहाललाई भेट्न बुधबार आइजिपी धीरजप्रताप सिंहसहित पाँच नयाँ एआइजी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।



    गृहको बढुवा समितिले गरेका सिफारिसका आधारमा सोमबार (चैत ६ गते) बसेको मन्त्रिपरिषद् बैठकले एआइजीमा रिक्त पाँच दरबन्दीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गरेको थियो ।



    नयाँ एआइजीलाई आइजिपी सिंहले बुधबार दर्ज्यानी चिन्ह लगाइदिएका थिए । त्यसलगत्तै पाँचैजनालाई लिएर आइजिपी सिंह सिंहदरबार गएका थिए । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार