Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मिस नेवा नेपाःका लागि आवेदन खुल्यो

    मिस नेवा नेपाःका लागि आवेदन खुल्यो

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 435
    SHARES

    काठमाडौं । मिस नेवा नेपाः ११४३ प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ ।

    नेप्लिज फेसन होमका अनुसार नेवार समुदायका १६–२३ वर्षका युवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन् ।



    नेपाललाई विश्वमाझ नेवार भाषा, कला, संस्कृतिले चिनाएको जनाउँदै आयोजक संस्थाकी प्रमुख हेमा मानन्धरले आधुनिकीकरणको युगमा नेवार कला, संस्कार, संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्नु आवश्यकता रहेको बताइन् ।



    यो एक सौन्दर्य प्रतियोगिता मात्र नभएर आफ्नो कला, संस्कृति सिक्ने र देखाउने मौका भएको पनि उनको भनाई छ । मिस नेवा नेपाः विजेताले एक लाख प्राप्त गर्नुका साथै विभिन्न पुरस्कार प्राप्त गर्नेछन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार