Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम खप्तड गोल्डकप सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन

    सुदूरपश्चिम खप्तड गोल्डकप सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 396
    SHARES

    कैलाली । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

    सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा बिहीबार सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे ।



    उनले खेल र खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना हुन आवश्यक रहेको बताए । उनले प्रदेशलाई विश्वभरी पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।



    धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल एपीएफ क्लब र बागमती क्लबबीच प्रतिष्पर्धा भइरहेको छ ।

    प्रतियोगितामा ‘ए’ डिभिजन ६, दुई विदेशी, मोफसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार