Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पद गुम्ला कि भन्ने डर छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन्।

साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो गरेका टिप्पणी हुन् ।

महामन्त्री थापाले भने, ‘अहिले म यसो नेताहरु हेर्छु–पटकपटक प्रधानमन्त्री भइसकेको नेतालाई अर्कोपटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ। पटकपटक चुनाव जितेकोलाई अर्कोपटक चुनाव नजित्ला कि भन्ने डर छ। अहिले भइरहेको प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर मलाई हटाइदेलान् कि भन्ने डर छ।'

महामन्त्री थापाले मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै प्रधानमन्त्री प्रचण्डमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताए।

पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077