Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुन्दीपविरुद्धकाे मुद्दामा सुनुवाई स्थगित

काठमाडौं । नेपाली क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सरेको छ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी यसअघि थुनामा पठाउने न्यायाधीशकै इजलासमा परेपछि सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो ।

बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो ।

यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077