Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मिटरब्याजीका माग सम्बोधन गर्न विधेयकबारे मन्त्रीपरिषद्ले निर्णय गर्दै

    मिटरब्याजीका माग सम्बोधन गर्न विधेयकबारे मन्त्रीपरिषद्ले निर्णय गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 405
    SHARES

    काठमाडौं । मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

    समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल गर्ने भएको छ ।



    बैठकमा मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संशोधन दर्ता गर्ने तयारी गरेको हो ।



    उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ ।

    ११ दिन पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका पीडितहरूले सोमबार खुलामञ्चअगाडि विरोध प्रदर्शन गरेका थिए भने आज बिहानैबाट पुनः विरोध सुरु गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार