Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मन्त्री नियुक्तिअघि नै भवन बिभागको डिजी फेर्ने चलखेल, प्रधानमन्त्री पुत्री दाहालको बद्नाम गर्दै सचिव आचार्य

    मन्त्री नियुक्तिअघि नै भवन बिभागको डिजी फेर्ने चलखेल, प्रधानमन्त्री पुत्री दाहालको बद्नाम गर्दै सचिव आचार्य

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 993
    SHARES

    काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रिमण्डल विस्तार अघि नै सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक परिवर्तन गर्ने चलखेल गरेका छन् ।

    १३औं नम्बरका कनिष्ट सहसचिव रविन्द्र बोहराको डिजाइनमा ७ महिनामै भवन विभागका महानिर्देशक परिवर्तन गर्नका लागि सचिव आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको नाम समेत बद्नाम गर्दै बालुवाटारको दबाबमा गर्न लागेको भ्रम छरिरहेका छन् ।



    सचिव आचार्य र बोहराको डिजाइनमा कुमार घिमिरेलाई महानिर्देशक बनाउन लागिएको छ । मन्त्रीपरिषद विस्तार अघि नै सचिव आचार्यले ठूलै आर्थिक चलखेलमा घिमिरेलाई महानिर्देशक बनउनेगरी बालुवाटार सेटिङ गरिसकेको भन्दै भ्रममा पारेका छन् ।



    प्रधानमन्त्रीकी छोरीलाई करोडौं बुझाउनुपर्छ भन्दै सहरी विकास मन्त्रालयका परामर्शदाता र निर्माण ब्यवसायीसँग उठाउने जिम्मा विभागको विश्वबैंकको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना (NUGIP)  का आयोजना प्रमुख रविन्द्र बोहराले लिएका छन् ।

    सचिव आचार्यले ठूलै आर्थिक लेनदेन गरी १२ जना बरिष्ठ सहसचिव हुँदाहुँदै १३ औं नम्बरका कनिष्ट सहसचिव बोहरालाई विश्व बंैकको एनयुजीआईपी आयोजनाका अलावा बन्चरेडाँडा ल्यान्डफिल साइट आयोजना र अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका आयोजना निर्देशक बनाएका छन् ।

    तिनै बोहरामार्फत् सेटिङ गरी सहरी विकास मन्त्री आउनुअघि नै भवन विभागको महानिर्देशकमा कुमार घिमिरेलाई ल्याउने चलखेलमा सचिव आचार्य जोडतोडले लागेका छन् । जसमा करोडौंको चलखेल भएको स्रोत बताउँछ ।

    कमजोर कार्यक्षमता भएका सचिव आचार्यलाई उनको कार्यशैली देखेर ४२ दिने सहरी विकास मन्त्री विक्रम पाण्डेले तपाई कसरी सचिव हुनुभयो भनी प्रश्न नै गरेका थिए । यस विषयमा सहसचिव रविन्द्र बोहोरासँग प्रतिकृया लिनका लागि उनको मोवाइलमा पटक–पटक सम्पर्क गर्दा उनी फोन काटेर सम्पर्कमा आउन चाहेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार