Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तनहुँ–१ को उम्मेदवारमा कांग्रेसबाट १२ जना सिफारिस, एक नम्बरमा भट्टराई

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस तनहुँले उम्मेदवारमा केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १२ जनाको नाम सिफारिस गरेको छ ।

भट्टराईको नाम पहिलो नम्बरमा राखेर तनहुँ कांग्रेसले उम्मेदवार सिफारिस गरेको हो । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुँदैछ ।

जसअनुसार उम्मेदवारका लागि सिफारिस हुनेमा गोविन्द भट्टराई, रामचन्द्र पोखरेल, दोवाटे विक, सरिता गुरुङ, रघुनाथ पौडेल, रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य, विष्णु पन्त, देवकुमार श्रेष्ठ, समुन्द्र गोदार, अर्जुन अधिकारी रहेका छन् ।

पार्टी सभापति जितप्रकाश आलेको सभापतित्वमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले क्षेत्रीय समितिबाट आएको सिफारिसका आधारमा उम्मेदवारको नाम प्रदेश समितिमा पठाइएको जिल्ला सचिव लक्षमीभक्त खनालले जानकारी दिए । अब प्रदेश समितिले केन्द्रीय समितिमा नाम सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077