Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइनमार्फत करोडौं ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुले अनलाइन बिजनेस गर्ने नाममा १० करोड बढी ठगी गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा ह्वाङ ह्वान रोङ, स्यू फुस्याङ, लान चङ वे, से कोव इ, से स्वाङ ति, काव मिङ, हौ फिङ विङ, छन तुर लिन र लि च्या होङ रहेका छन्।

त्यस्तै पक्राउ पर्ने नेपालीमा दोलखा घर भई बुढानिलकन्ठ बस्ने बुद्धिराज श्रेष्ठ, नुवाकोट घर भएका सोबितमान तामाङ, नुवाकोटकै इन्द्र तामाङ, काठमाडौं बुढानिलकन्ठका प्रयास भण्डारी, दोलखाकै अर्जुन श्रेष्ठ, रामेछापकी रविना सुनार, लमजुङकी सुनिता गुरुङ, मकवानपुरकी जमुना गोले र उदयपुरकी अनिता मगर रहेकी छन्।

उनीहरूले अवैधरूपमा अफिस सञ्चालन गरी सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूसँग कुराकानी गरी अनलाइनमार्फत् बिजनेसबाट ठूलो रकम फाइदा हुन्छ भनी टेलिग्राम र अप्रेशन टिचर नामक च्यानलमार्फत् अनलाइन कक्षा सञ्चालन गरी विभिन्न प्रलोभनमा पारी ठगी गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले ठगीमा प्रयोग गरिएको ७७ थान मोबाइल बरामद गरेको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077