Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित

विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् ।

विराटनगरस्थित सहिद रंगशालामा आयोजित विशेष समारोहमा विराटनगर महानगरपालिकाले दुई क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

सिनियर टोलीका खेलाडी राजवंशी र यु-१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद एक लाख एक हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको महानगरले जनाएको छ ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उनीहरुलाई सम्मान गरेका हुन् ।

दुवै खेलाडी विराटनगरका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077