Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रिहा भए नवजोत सिंह सिद्धू

    रिहा भए नवजोत सिंह सिद्धू

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 606
    SHARES

    एजेन्सी । पूर्व क्रिकेट खेलाडी तथा भारतीय कंग्रेसका नेता नवजोत सिंह सिद्धू जेलमुक्त भएका छन् ।

    १० महिनाको करागार बसाइपछि शनिबार उनी पटियाला जेलबाट रिहा भएका हुन् ।



    सन् १९८८ मै सडकमा पार्किङका क्रममा भएको विवाद र झडपको घटनाका कारण उनी जेल परेका थिए । झडपमा चोट लागेका गुरनाम सिंहको निधन भएको थियो ।



    त्यही मुद्दामा गत वर्ष सर्वोच्च अदालतले सिद्धूलाई एक वर्षको जेल र एक हजार जरिवानाको सजाय सुनाएको थियो । उनलाई सर्वोच्चले जेल सजाय सुनाएपछि उनले आत्मसमर्पण गरेका थिए ।

    जेलबाट रिहा भएपछि उनले राहुल गान्धीको विषयमा टिप्पणी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार