Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कपाल नढाकेको कारण इरानमा दुई महिला पक्राउ

    कपाल नढाकेको कारण इरानमा दुई महिला पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 669
    SHARES

    एजेन्सी । इरानमा कपाल नछोपी (हिजाब नलगाई) सार्वजनिक स्थलमा आएको भन्दै दुई महिलामाथि दही छ्यापिएको छ ।

    महिला माथी दही छापिएको भिडियो सार्वजनिक भए पछि सोही आधारमा हिजाब नलाएको भन्दै इरानी पुलिसले उनीहरुलाई पक्राउ गरेर मुद्धा चलाएको छ ।



    महिलाहरुले कपाल नढाकी बजारमा किनमेलका लागि निस्केका कारण देखाउँदै सरकारले उनीहरुलाई पक्राउ गरेको इरानी सञ्चार माध्यमले जनाएका छन् ।



    दुई महिला ग्राहक एक पुरुषसँग कुराकानी गर्न तथा किनमेल गर्न पसलमा जान्छन । त्यसको केही बेरमा पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा एक पुरुषले छ्यापिदिन्छन् ।

    जुन भिडियो अहिले भाईरल भएको छ, जुन भिडियोमा देखिएका महिलालाई नै कपाल नढाकी पसलमा गएको भन्दै प्रहरीले पक्राउ गरेको हो । साथै, सार्वजनिक स्थानमा हंगामा गरेको आरोपमा दही फाल्ने व्यक्ति पनि पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार