Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • कांग्रेस कार्यसम्पादन बैठकअघि नेविसंघको नाराबाजी

    कांग्रेस कार्यसम्पादन बैठकअघि नेविसंघको नाराबाजी

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 522
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका छन् ।

    नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।



    अहिले कांग्रेसको पार्टी कार्यालयको अवस्था तनावग्रस्त बनेको छ । पार्टी कार्यालयमा आज कार्यसम्पादन समिति बैठक बस्ने भएकाले त्यस अगाडि नै उनीहरु अनसन बसेका छन्।



    नेविसंघका सभापतिशेर्पालाई बर्खास्त गर्न माग गर्दै सानेपामा जारी अनसनको समर्थनमा नाराबाजी भएको हो ।

    अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावि जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार