Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रेम सुवालले भने- मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गरौं

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मिटरब्याज पीडितको समस्या दशकौँ पुरानो भएको भन्दै पीडितलाई पूर्णरुपमा छुट्कारा दिनुपर्ने बताएका हुन् ।

उनले महोत्तरीको बर्दिवासदेखि पैदल हिँडेर न्याय माग्न काठमाडौं आएका मिटरब्याजीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्दै पीडितलाई छुटकारा दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077