Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बलात्कारको झुटो मुद्दा लगाउने तीन महिलालाई कैद सजाय

रोल्पा । रोल्पा जिल्ला अदालतले जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर गरेको छ । अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ ।

जबरजस्ती करणीमा चलाइएका तीन मुद्दा झुटो ठहरिएपछि आरोप लगाउने महिलालाई नै ३/३ महिना कैद सजाय हुने फैसला गरिएको हो

जिल्ला अदालतको यही चैत ६ गतेको फैसलाअनुसार जबरजस्ती करणीको झुटो जाहेरी दिएकी माडी गाउँपालिकाकी एक महिलालाई तीन महिना कैद सजाय तोकिएको छ ।

त्यस्तै जिल्ला अदालतले जबरजस्ती करणीसम्बन्धी अर्को मुद्दामा लिवाङकी एक महिलालाई उनले दिएको जाहेरी झुटो ठहरेको भन्दै तीन महिना कैद सजाय हुने फैसला चैत २ गते सुनाएको हो । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077